Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

एमाले विधान महाधिवेशन आजदेखि, उद्घाटन गर्दै प्रधानमन्त्री ओली

एमाले विधान महाधिवेशन आजदेखि, उद्घाटन गर्दै प्रधानमन्त्री ओली

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ ।

तीन दिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने भएका हुन् ।

महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि रआयोजकका हैसियतमा ३ सय १५ जना २ हजार ३ सय ४१ जना सहभागी हुने छन् । महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधिहरू काठमाडौं आइपुगिसकेका छन् ।

महाधिवेशन स्थलमा पुग्ने सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागत द्वार निर्माण गरिएको छ।

एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मुल नारा तय गरेको छ। उद्घाटन सत्र डिजिटल प्रविधिको प्रयोगबाट हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077