Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

युरोपले रूसी तेल किन्न बन्द गर्नुपर्छ, चीनमाथि आर्थिक दबाब बढाउन आवश्यक : डोनाल्ड ट्रम्प

युरोपले रूसी तेल किन्न बन्द गर्नुपर्छ, चीनमाथि आर्थिक दबाब बढाउन आवश्यक : डोनाल्ड ट्रम्प

शुक्रवार , भाद्र २०, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न युरोपेली देशहरूले रूसी तेल किन्न तुरुन्त बन्द गर्नुपर्ने बताएका छन् । साथै, उनले चीनमाथि पनि आर्थिक दबाब सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अन्य युरोपेली नेताहरूसँग भएको बैठकमा ट्रम्पले यस्तो धारणा राखेका हुन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भने फोनवार्तापछि युद्धविराम सम्झौता अन्तिम रूप पाएमा २६ देशले सम्भावित शान्ति सेनामा योगदान गर्ने वाचा गरेको जानकारी दिएका छन्।

म्याक्रोनका अनुसार युक्रेनको सुरक्षाका लागि युरोपेली सेनाको तैनाथी र युक्रेनी सेनाको सुदृढीकरणसँगै अमेरिकी सुरक्षाजाल अनिवार्य रहनेछ। यसले युद्धपछिको सुरक्षा ग्यारेन्टीलाई बलियो बनाउने उनले स्पष्ट पारे।

सीएनएनको विश्लेषणअनुसार पछिल्ला घटनाक्रमहरूले युक्रेन द्वन्द्व समाधानमा ट्रम्पमाथि बढ्दो दबाब देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077