Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पूर्वराष्ट्रपति भण्डारीको विषय महाधिवेशन केन्द्रित कुरा होइन : प्रधानमन्त्री ओली

पूर्वराष्ट्रपति भण्डारीको विषय महाधिवेशन केन्द्रित कुरा होइन : प्रधानमन्त्री ओली

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनावश्यक ढंगले उचालिएको टिप्पणी गरेका छन्।

आज ललितपुरको गोदावरीस्थित सनराईज हलमा आयोजित पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो विषयमा महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल हुनै नसक्ने बताएका हुन्।

उनले भने- 'विधान महाधिवेशनसँग विधिका प्रश्नसँग सम्बन्धित छैनन्। ति प्रश्नहरू अन्यत्रै कमिटीगत छलफलका विषय हुन्। विद्याको विषयलाई लक्षित गर्दै  सचिवालयमा, स्थायी कमिटी, पोलिट ब्युरोले छलफल गर्दै लानेछ। विधान महाधिवेशनलाई विधान महाधिवेशनकै रुपमा अघि बढाउनेछौँ। विषय केन्द्रित भएर यस महाधिवेशनमा प्रस्तुत हुनेछौँ।'

पार्टीमा कतिपय कुराहरू अनावश्यक ढंगले अघि बढाउन खोजिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई विधान महाधिवेशनको छलफलको विषय भन्न नसकिने स्पष्ट पारे। उनले विधान महाधिवेशनमा विधानसँग सम्बन्धित विषयमा छलफल केन्द्रित हुने पनि बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077