Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

विधान महाधिवेशन- आफ्नो पार्टी सदस्यताको पक्षमा बोलिदिन पूर्वराष्ट्रपति भण्डारीको लिखित आग्रह

विधान महाधिवेशन- आफ्नो पार्टी सदस्यताको पक्षमा बोलिदिन पूर्वराष्ट्रपति भण्डारीको लिखित आग्रह

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विधान महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो पार्टी सदस्यताको पक्षमा बोलिदिन आग्रह गरेकी छिन्।

आज गोदावरीमा सुरु भएको महाधिवेशनमा प्रतिनिधिहरूलाई पत्र बाँड्दै उनले यस्तो भनेकी हुन् ।

उनले पत्रमा लेखेकी छिन्- 'पार्टीले विशेष निर्णय गरेर देशको राष्ट्रपति हुन पठाएपछि कुशलतापूर्वक सो अभिभारा पूरा गरेर फर्किएँ र अब पार्टीमा नै संलग्न भएर अगाडि बढ्न चाहन्छु भन्दा पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दु:खको विषय हो। यस्तो प्रश्न मेरा निम्ति मात्र होइन कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन भन्ने मेरो अडान हो।'

भण्डारीले राष्ट्रपतिको जिम्मेवारीबाट फर्किएपछि आफूले पार्टी नेतृत्वको सल्लाह बमोजिम नै पार्टी सदस्यता नवीकरण गरेको समेत पत्रमा खुलाएकी छिन्।

साथै उनले आफ्नो आग्रहलाई विधान महाधिवेशन प्रतिनिधिहरूले गम्भीर रुपमा लिने विश्वास व्यक्त गर्दै पार्टीलाई थप बलियो बनाउन सहयोग पुर्याउने अपेक्षा गरेकी छिन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077