Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा मैनाली

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा मैनाली

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव कृष्ण प्रसाद मैनालीको सरुवा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उनलाई विभागको जिम्मेववारी दिएको हो ।

केही दिनअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भई आएका मैनालीलाई विभागको महानिर्देशक बनाइएको हो ।

तत्कालीन महानिर्देशक सुमन दाहाल अर्थ मन्त्रालयमा सरुवा भएपछि रिक्त विभागमा मैनालीलाई नियुक्त गरिएको हो ।

मैनाली यसअघि बागमती प्रदेशको आर्थिक मन्त्रालयको सचिव थिए। उनले बिहीबारदेखि विभागमा कार्यभार सम्हालेका छन् । उपसचिव हुँदा पनि विभागमा बसेकाले उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धि अनुसन्धानमा अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077