Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रतिनिधिलाई पूर्वराष्ट्रपति भण्डारीको सन्देश- पत्र पढेर सुझाव दिनुहोला, म तपाईंहरूकै साथमा छु

प्रतिनिधिलाई पूर्वराष्ट्रपति भण्डारीको सन्देश- पत्र पढेर सुझाव दिनुहोला, म तपाईंहरूकै साथमा छु

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन अनुरोध गरेकी छिन्।

शुक्रवारबाट ललितपुरको गोदावरीमा शुरु भएको दोस्रो विधान अधिवेशनमा सहभागी हुन वञ्चित गराइएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देश दिँदै चिठी अध्ययन गर्न आग्रह गरेकी हुन्। नेकपा एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेको थियो।

बिहीवार साँझ बसेको सचिवालय बैठकले पार्टीले कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रीय कमिटीको अधिकार क्षेत्रभित्र पर्ने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभएको अवस्थामा विधान अधिवेशनमा एजेण्डा पनि बन्न नसक्ने बताएको थियो।

उनले भनिन्- 'जुन उद्देश्यले यहाँहरू काठमाडौँ आउनुभएको छ, यहाँहरूको कार्य सफल रहोस्। म पनि लामो समयसम्म यहाँहरूसँग सँगसँगै रहेँ। तर, बीचमा पार्टीले मलाई राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाएर पठाएको हुनाले राष्ट्रिय जिम्मेवारीमा रहेँ त्यतिबेला हाम्रो भेटघाटहरू कम भएको हुनसक्छ। तथापि हाम्रो उद्देश्य एउटै हो। हामी सधैँ सँगै नै छौँ। यहाँहरूलाई मैले प्रत्यक्ष भेटघाट गर्न नपाए पनि मैले भेटेसरह नै मानेको छु।'

पार्टीको सचिवालय बैठकले अधिवेशनमा जान रोकेपछि न्युज एजेन्सी नेपालमार्फत भिडियो सन्देश दिँदै भण्डारीले प्रतिनिधिहरूलाई सफलताको शुभकामना व्यक्त गरिन्। एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी रहेको र त्यसलाई पूरा गर्न भावनात्मक र संगठनात्मक रूपमा एकसाथ भएर अघि बढ्न सुझाव दिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077