Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कञ्चनपुरबाट भारतीय नक्कली नोटसहित पाँच जना पक्राउ

कञ्चनपुरबाट भारतीय नक्कली नोटसहित पाँच जना पक्राउ

शनिवार , भाद्र २१, २०८२

कञ्चनपुर। कञ्चनपुरमा प्रहरीले भारतीय नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति युपी १४ बीएच २०७३ नम्बरको भारतीय गाडीमा नक्कली पाँच सय भारतीय रुपैयाँका १४७ नोटसहित पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दुई नेपाली र तीन जना भारतीय रहेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बन्साह बस्ने ३२ वर्षीय सौगात बहादुर सिंह, २४ वर्षीय चन्द्र बोहरा, भारतको बरेली तेसिलमिगञ्ज ग्राम बस्ने २५ वर्षीय कुलदीप चतुर्बेदी, बरेली फटितेगञ्ज बस्ने २० वर्षीय अमित यादव र भारत बरेली उदमासिहंनगर उत्तराखण्ड बस्ने २४ वर्षीय हिंमासु शर्मालाई पक्राउ गरिएको छ ।

उनकाअनुसार गाडीमा नक्कली नोट भएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झलारीको टोलीले उनीहरुलाई पछ्याएको थियो ।

सो क्रममा शुक्लाफाँटा नगरपालिका-३ जोनापुरस्थित नेपाली सेना श्री रणसिंह सुरक्षा गण पोस्टले नक्कली नोटसहित गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पाँचै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077