काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय नगरेको दाबी गरेका छन् ।
शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले भने, “सामाजिक सञ्जाल बन्द गर कहाँ भनिएको छ ? दर्ता गर पो भनिएको हो त ।”
उनले सर्वोच्च अदालतले समेत सामाजिक सञ्जाललाई दर्ता गरेर सञ्चालन गर्न आदेश दिएको स्मरण गर्दै भने, “अदालत पनि बन्द गर भनेको छैन नि ।”
हालै सरकारले दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालमाथि कारबाही गरेको छ ।