Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सामाजिक सञ्जाल बन्दविरुद्धको प्रदर्शनमा पक्राउ परेका पाँच युवा रिहा

सामाजिक सञ्जाल बन्दविरुद्धको प्रदर्शनमा पक्राउ परेका पाँच युवा रिहा

शनिवार , भाद्र २१, २०८२

काठमाडौं । सामाजिक सञ्जाल बन्दविरुद्ध काठमाडौंमा गरिएको प्रदर्शनमा पक्राउ परेका पाँच युवालाई शनिबार बेलुका रिहा गरिएको छ।

शनिबार अपराह्न करिब ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको एक नम्बर गेटनजिक नाराबाजी गरेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा युथ कांग्रेस नेपालका महामन्त्री प्रभात ठाकुरसहित पाँच जना रहेका थिए । सबै पक्राउ पर्नेहरू सोही संगठनसँग आबद्ध रहेको प्रहरीले जनाएको छ।

उनीहरूलाई केही घण्टा प्रहरी वृत्त बानेश्वरमा राखिएको थियो । पछि युथ कांग्रेसका सभापति एजस्बी राईको जिम्मामा छोडिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077