Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सरकारकै निर्णय तोड्दै पूर्वप्रधानमन्त्रीद्वय देउवा र प्रचण्ड, फेसबुकमै सक्रिय !

सरकारकै निर्णय तोड्दै पूर्वप्रधानमन्त्रीद्वय देउवा र प्रचण्ड, फेसबुकमै सक्रिय !

आइतवार , भाद्र २२, २०८२

काठमाडौं । सरकारले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन गरिरहेको दाबी गरे पनि सत्तारूढ दलका शीर्ष नेताका सचिवालय भने आफैंले फेसबुक प्रयोग गरिरहेकाले आलोचनामा परेका छन् ।

सरकारले पटक–पटक सूचना जारी गर्दा पनि अटेरी गरेपछि फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्नुपरेको जनाएको थियो । तर शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले फेसबुकमार्फत ओलीका तस्बिर सार्वजनिक गरेपछि सरकारको कदममाथि प्रश्न उठेको हो ।

यस्तै सत्ता पक्षको ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालय पनि निरन्तर फेसबुकमै सक्रिय छ ।

शनिबार बिहान विराटनगर पुगेका देउवाका तस्बिरदेखि दिउँसो सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराव संघको स्थापना दिवसमा सहभागिता जनाएका गतिविधिसम्म फेसबुकमार्फतै सार्वजनिक गरिएको थियो।

तर, विराटनगर पुग्दा देउवाले भने सरकारको निर्णयको प्रतिरक्षा गरेका थिए। “सरकारले सामाजिक सञ्जाल बन्द गर भनेको होइन, दर्ता गरेर चलाऊ भनेको हो,” उनले टिप्पणी गरे ।

यस्तै आज बिहान मात्रै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो आधिकारीक फेसबुकबाट लमजुङको भिडियो सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077