काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज सम्पन्न हुँदैछ ।
शुक्रबारदेखि सुरु भएको महाधिवेशनले पार्टीको नीति, संगठन र विधिसम्बन्धी महत्त्वपूर्ण निर्णय लिँदै अन्त्यतिर पुगेको हो ।
महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्तावमाथि दस समूह बनाएर छलफल भइरहेको छ।
प्रत्येक समूहले आजै आफ्ना सुझाव पेस गर्नेछन्। समूहगत छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ अध्यक्ष ओलीसहित सम्बन्धित नेताले दिने तयारी छ।
यससँगै योगेश भट्टराईको नेतृत्वमा बनेको कार्यदलले तयार पारेको समसामयिक प्रस्ताव पनि महाधिवेशनमा प्रस्तुत हुँदैछ।