Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सर्वोच्चको परमादेश अनुरुप कानुन नबन्दासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ नगर्नू : कांग्रेस

सर्वोच्चको परमादेश अनुरुप कानुन नबन्दासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ नगर्नू : कांग्रेस

आइतवार , भाद्र २२, २०८२

काठमाडौं । नेपाली कांग्रेसले सर्वोच्चको परमादेश अनुसार कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्दको निर्णयमा कडाइ नगर्ने निर्णय भएको छ

आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सरकारको पोजिसन बुझेर सर्वोच्चको परमादेश अनुसार कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्दको निर्णयमा कडाइ नगर्ने निर्णय गरेको बताइएको छ ।

सरकारले पटक-पटक सूचना जारी गर्दा पनि अटेरी गरेपछि गत बिहीबारबाट नेपालमा सूचीकरण नभएको भन्दै फेसबुक, एक्स, युट्युब लगायतका २६ वटा सामाजिक सञ्जाल निष्क्रिय पार्ने सरकारले निर्णय गरेको थियो ।

दर्ता नभएका सामाजिक सञ्जालको विषयमा सर्वोच्च अदालतले सरकारलाई कानुन बनाएर नियमन गर्न परमादेश दिएको छ ।

त्यही परमादेशलाई कार्यान्वयन गर्न भन्दै सरकारले कानुन नबनाई सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077