काठमाडौं । भ्रष्टाचारविरुद्ध ‘जेनजी’ विद्रोहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गरेको छ ।
रास्वपा सचिवालय सदस्य दीपक बोहरा उक्त अभियानको समर्थनमा सामाजिक सञ्जालमा प्रस्तुत भएका छन् । उनले भनेका छन्- 'सोच, शैली र संस्कार बदल्न, सञ्जालबाट अब सडकमा ।'
राजनीतिक व्यक्तिहरूका सन्तानको विलासी जीवनशैलीविरुद्ध टिकटकमा ‘नेपो बेबी’ अभियान चलाएका छन् । उनीहरूले मार्फत भिडियोहरू बनाइरहेका छन् ।
सो अभियानअन्तर्गत उनीहरूले भोलि संघीय संसद भवनअगाडि विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।