काठमाडौं । पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको मुद्दामा सुनुवाइ सकिएको छ।
विशेष अदालत काठमाडौँका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासमा पूर्वप्रधानमन्त्री नेपालसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकिएको हो ।
सुनुवाइ सकिएकाले अदालतले आजै यो मुद्दामा आदेश दिन सक्नेछ ।
काभ्रेपलाञ्चोकमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई जग्गा हदबन्दी छुट दिँदा १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते मुद्दा दायर गरेको थियो ।