Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जेनजीलाई ओलीको सन्देश- राजनीतिक प्रयोजनका लागि दुरुपयोग गर्न खोज्लान, सचेत हुनुपर्छ

जेनजीलाई ओलीको सन्देश- राजनीतिक प्रयोजनका लागि दुरुपयोग गर्न खोज्लान, सचेत हुनुपर्छ

आइतवार , भाद्र २२, २०८२

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीले अहिलेको नयाँ पुस्ता जेनेरेसन जेड (जेनजी) लाई राजनीतिक प्रयोजनको लागि दुरुपयोग हुन नदिन सबैमा आग्रह गरेका छन् ।

ललितपुरको गोदावरीमा जारी एमालेको दोस्रो विधान महाधिवेशनमा समूहगत छलफलपछि आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालको नियमनका विषयमा हाल भइरहेको बहसबारे आफ्ना कुरा राखेका थिए ।

उनले भने- 'एक वर्षदेखि तारन्तार ताकेता गर्दा पनि जब कुनै पनि प्लेटफर्मले दर्ता प्रक्रिया नपुर्‍याउँछ, तब सरकार बाध्य भएर कडाइ गर्नुपर्छ । यो नियमन हो, नियन्त्रण होइन । अहिलेको पुस्ता सक्षम छ, जानकार छ तर त्यही कारणले उनीहरूलाई राजनीतिक वा वैचारिक प्रयोजनका लागि दुरुपयोग गर्न खोज्न सकिन्छ । त्यसप्रति सबै सचेत हुनुपर्छ।'

प्रधानमन्त्री ओलीले नयाँ पुस्ता राजनीतिक प्रयोजनको लागि दुरुपयोग हुन सक्ने बताउँछन् ।

यस्तै सरकारद्वारा सामाजिक सञ्जालमा कडाइ गरिएको भन्दै जेनजी पुस्ता सामाजिक सञ्जालमै आक्रोश पोख्दै सडक सोमबारदेखि आन्दोलनको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077