Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

राष्ट्रिय स्वाभिमानमाथि आँच पुर्‍याउनेलाई सहन सकिँदैन : प्रधानमन्त्री ओली

राष्ट्रिय स्वाभिमानमाथि आँच पुर्‍याउनेलाई सहन सकिँदैन : प्रधानमन्त्री ओली

आइतवार , भाद्र २२, २०८२

ललितपुर । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल कम्पनीहरूले नेपालको संविधान र कानुनको खुला अवज्ञा गर्दै राष्ट्रको अपमान गरेको आरोप लगाएका छन् ।

ललितपुरको गोदावरीमा जारी एमालेको दोस्रो विधान महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले राष्ट्रहितका लागि सरकारले चालेको कदमलाई पूर्ण औचित्यपूर्ण ठहर गरे।

प्रधानमन्त्री ओलीले भने, "एक वर्षदेखि भनिरहेकै थियौँ – नेपालको कानुनअनुसार दर्ता होऊ, कर तिर, उत्तरदायी बन। तर जवाफ आयो – 'तिमीहरूको संविधान थाहा छैन, मतलब छैन।' यस्तो अटेर र अपमानको जवाफस्वरूप प्रतिबन्ध लगाइएको हो।"

उनले स्पष्ट रूपमा जनाए कि आफूले व्यक्तिगत अपमान सहन सक्ने भए पनि राष्ट्रको सम्मानमा आँच आउँदा कदापि चुप बस्न नसक्नेछन्।

"मलाई जतिसुकै हेपोस्, म तयार छु। तर देशलाई हेप्न खोजिन्छ भने, त्यो सहन सकिँदैन," उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077