Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जेनजिको आक्रोश स्वाभाविक, सरकारले बल प्रयोग नगरोस् : प्रचण्ड

जेनजिको आक्रोश स्वाभाविक, सरकारले बल प्रयोग नगरोस् : प्रचण्ड

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजि पुस्ताले गरेका आन्दोलन र आक्रोशलाई स्वाभाविक प्रतिक्रिया भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै उनले सरकारले गरेको सामाजिक सञ्जाल अवरोधलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार भन्दै कडा आपत्ति जनाएका छन्।

“युवाहरूले भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल अवरोधविरुद्ध गर्ने प्रदर्शन जनताको हक र अधिकारको पक्षमा भएको कदम हो। त्यसलाई दमन गर्न सरकारले बल प्रयोग गर्ने दुस्साहस नगरोस्,” प्रचण्डले भने।

उनले भ्रष्टाचारविरुद्ध निरन्तर आन्दोलन जारी रहने स्पष्ट गर्दै जनतासँग मिलेर संघर्षलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077