Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आज काठमाडौंमा प्रदर्शन गर्दै जेनजि पुस्ता : घुसपैठ हुनसक्ने आशंका, सुरक्षा व्यवस्था कडा

आज काठमाडौंमा प्रदर्शन गर्दै जेनजि पुस्ता : घुसपैठ हुनसक्ने आशंका, सुरक्षा व्यवस्था कडा

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध ‘जेनजि’ (सन् १९९७–२०१२ बीच जन्मिएका युवापुस्ता) ले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछन् । बिहान ९ बजेदेखि माइतीघरमा भेला भएर उनीहरूले प्रदर्शन सुरु गर्ने तयारी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी प्रदर्शन गर्न अनुमति दिएको छ । सम्भावित ‘घुसपैठ’को आशंका देखाउँदै प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

माइतीघर र नयाँ बानेश्वरस्थित संसद् भवन वरपर बिहानैदेखि बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

गत चैत १५ मा हिंसात्मक आन्दोलनमा संलग्न भई केही दिनअघि थुनामुक्त भएका व्यवसायी दुर्गा प्रसाईंले पनि प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन्। त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले खुलेर समर्थन जनाएका छन् ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्ने तर उच्च स्तरको सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको बताइएको छ ।

सरकारले केही दिनअघि मात्र सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी गर्दै सूचीकरण नभएका फेसबुक, इन्स्टाग्राम, युट्युब लगायत २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय बनाउने निर्णय गरेको थियो।

सो निर्णयपछि युवापुस्तामा तीव्र असन्तोष चुलिएको छ। जेनजि पुस्ताले सामाजिक सञ्जाल बन्दविरुद्ध मात्र होइन, व्यापक भ्रष्टाचार अन्त्यलाई समेत आफ्नो आन्दोलनको मुख्य नारा बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077