Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

संसदीय सुनुवाइ समितिका सभापति खतिवडाको शपथ आज

संसदीय सुनुवाइ समितिका सभापति खतिवडाको शपथ आज

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) को नव निर्वाचित सभापतिमा रामहरि खतिवडाले आज शपथ ग्रहण गर्दैछन्। सोमबार बिहान ११ बजे कृषि समितिको हलमा शपथ ग्रहण कार्यक्रम राखिएको छ।

गतको शुक्रबार खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका थिए।
समिति सभापति ईश्वरीदेवी न्यौपानेले भदौ १० गते राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेकी थिइन्।
सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’सम्बन्धी प्रावधानमा छेडखानी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि साउन २८ गते राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजीनामा दिएका थिए ।

सभापतिबाट राजीनामा दिएका खतिवडालाई फेरि कांग्रेसले सुनुवाइ समितिको सभापति बनाएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077