Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

जेनजी नेपालले भन्यो– स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाए, सबैजना घर फर्किनू

जेनजी नेपालले भन्यो– स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाए, सबैजना घर फर्किनू

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । जेन जीको प्रदर्शन अशान्तपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बेलुका १० बजेसम्मका लागि बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

जेनजी आन्दोनलमा सहभागी भएका प्रदर्शनकारीहरुले बानेश्वरमा रहेको संसदभवनको पर्खाल तोड्नेदेखि आगो लगाउनेसम्मको हर्कत गरेपछि प्रहरीले हवाइ फायर समेत गरिसकेको छ ।

तर, जेनजी नेपालले भने तत्कालै सबैलाई आन्दोलनबाट फर्किन आह्वान गरेको छ ।

जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको हो ।

यसअघि आन्दोलनको बारेमा पोस्ट गर्दै आएको पेजमा लेखिएको सूचनामा भनिएको छ–‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077