Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रदर्शनकारीले सुन्धाराको प्रहरी बिट जलाए

प्रदर्शनकारीले सुन्धाराको प्रहरी बिट जलाए

सोमवार , भाद्र २३, २०८२

काठमाडौँ । भ्रष्टाचार विरोधी युवा जेनजी पुस्ताको प्रदर्शनमा सरकारको दमनपछि उग्र रुप लिएको छ । प्रदर्शनकारीहरूले आज सुन्धारा क्षेत्रमा रहेको प्रहरी बिटमा आगजनी गरेका छन् ।

आगजनीपछि सुन्धारा क्षेत्रमा तनावपूर्ण स्थिति सिर्जना भएको छ । प्रदर्शनकारीहरूले ढुंगा प्रहार गर्दै स्थान(स्थानमा अवरोध सिर्जना गरेका छन्। यस क्रममा न्युरोड क्षेत्र पूर्ण रूपमा सुनसान भएको छ ।

युवा प्रदर्शनकारीहरूले भ्रष्टाचार रोक्नको सट्टा सामाजिक सञ्जाल बन्द गरिएको विरोधमा आन्दोलन सुरु गरेका थिए। सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिन बल प्रयोग गरेपछि प्रदर्शनकारीहरू अझ उग्र भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077