Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ट्रमा सेन्टरमा घाइतेका आफन्तमाथि प्रहरीद्वारा लाठीचार्ज

ट्रमा सेन्टरमा घाइतेका आफन्तमाथि प्रहरीद्वारा लाठीचार्ज

सोमवार , भाद्र २३, २०८२

काठमाडौँ । ट्रमा सेन्टरमा घाइते र मृतकको अवस्था बुझ्न पुगेका आफन्तमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

घाइतेका आफन्तहरूले ट्रमा सेन्टर बाहिर प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । त्यसक्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन लाठीचार्ज गरेको हो ।

सेन्टरमा उपचार भइरहेको आठ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म करिब ६० भन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ।

प्रदर्शन र नाराबाजीका कारण ट्रमा सेन्टर वरिपरिको वातावरण तनावपूर्ण बनेको छ। सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा राख्न थप सतर्कता अपनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077