Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एआईजी कार्कीलाई काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी

एआईजी कार्कीलाई काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा सरकारले एआईजी दानबहादुर कार्कीलाई प्रमुखको रूपमा खटाएको छ ।

उनले मंगलबारदेखि जिम्मवारी सम्हालिसकेका हुन् । यसअघि उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी टेक तामाङले सम्हालेका थिए, जो गत साता अवकाश पुगेका थिए ।

सोमबार बानेश्वरमा भएको जेनजीको प्रदर्शनको बेला कार्यालय प्रमुखविहीन रहेको थियो, र डीआईजी रानाले निमित्त प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्दै स्थिति व्यवस्थापन गरेका थिए ।

एआईजी कार्कीको खटाइसँगै उपत्यकामा जारी सुरक्षा व्यवस्थापन र प्रदर्शन नियन्त्रणमा थप सशक्त नेतृत्व रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077