काठमाडौँ । सिंहदरबार र संसद् भवनको सुरक्षा सुदृढ गर्न नेपाली सेना रातिदेखि नै खटिएको छ ।
राजधानीमा जारी प्रदर्शन र आन्दोलनको अवस्थामा सुरक्षा व्यवस्थापन कडा बनाउने उद्देश्यले सेना परिचालन गरिएको हो ।
हाल पनि ती क्षेत्रमा जेनजी पुस्ता प्रदर्शन जारी राखेका छन् । सुरक्षा बलहरूले परिस्थिति नियन्त्रणमा राख्न र संवैधानिक संस्थाहरूको संरचना सुरक्षित गर्न सतर्कता अपनाइरहेका छन् ।
सुरक्षा स्रोतका अनुसार, सेना परिचालनसँगै प्रहरी र अन्य सुरक्षा निकायहरूको समन्वय गर्दै प्रदर्शनकारीको गतिविधि नियन्त्रित गर्ने प्रयास भइरहेको छ।