Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सेनाले प्रधानमन्त्रीलाई भन्यो - जनता मारेर नेताका घर जोगाउन सक्दैनौं

सेनाले प्रधानमन्त्रीलाई भन्यो - जनता मारेर नेताका घर जोगाउन सक्दैनौं

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली सेनाले देशको पछिल्लो संवेदनशील अवस्थाबारे मंगलबार विस्तृत ब्रिफिङ दिएको छ ।

स्रोतका अनुसार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गरिएको ब्रिफिङमा सेनाले “जनता मारेर नेताको घर जोगाउन सकिँदैन” भन्ने स्पष्ट सन्देश दिएको हो ।

प्रधानसेनापति अशोकराज सिग्देलको निर्देशनमा उच्चस्तरीय सैनिक टोलीले प्रस्तुत गरेको उक्त ब्रिफिङमा हालको जनआन्दोलन, सुरक्षा अवस्था र सम्भावित चुनौतीबारे प्रष्ट धारणा राखिएको थियो ।

सेनाले विशेषतः जेनजी पुस्ताको आन्दोलनलाई ‘सामाजिक परिवर्तनको स्वर’का रूपमा व्याख्या गर्दै, सरकारलाई दमन होइन समाधान खोज्नुपर्ने सुझाव दिएको स्रोतको दाबी छ।

सेनाले वर्तमान सरकारले मार्गप्रशस्त गर्ने ढंगले राजनीतिक पहल थाल्नुपर्ने भन्दै, हिंसामुखी कदमले संकट झन् चर्किने चेतावनी दिएको छ।

सरकार र सुरक्षासंस्थाबीच भइरहेको पछिल्लो संवादलाई राजनीतिक वृत्तले गम्भीर रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077