काठमाडौं । ललितपुरको नख्खु कारागारमा रहेका सबै कैदी बाहिरिएका छन् । जेनजीहरूको उग्र प्रदर्शनपछि कैदीहरू कारागारबाट भागेका हुन् ।
कारागारबाहिर प्रदर्शनकारीहरू पुगेसँगै कारागार प्रशासन निरीह बन्न पुगेको थियो । अहिले कारागार पूरै खाली भएको छ ।
रास्वपा सभापति रवि लामिछाने पनि नख्खु कारागारमा बसेका थिए । सोमबार र मंगलबार भएको प्रदर्शन अराजक बन्न पुगेको थियो ।
जेनजी प्रदर्शकारीले गरेको प्रदर्शनका कारण २० बढीको मृत्यु भइसकेको छ ।