Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जेनजीलाई प्रधान सेनापतिको आह्वान - आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउनुहोस्

जेनजीलाई प्रधान सेनापतिको आह्वान - आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउनुहोस्

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । देशव्यापी आन्दोलन उत्कर्षमा पुगेको अवस्थामा नेपाली सेनाले जेनजी पुस्तालाई आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ ।

प्रधान सेनापति अशोकराज सिग्देलले मंगलबार भिडियो सन्देश जारी गर्दै आन्दोलनका क्रममा भएको अपूरणीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले भने, “धेरै जनधनको क्षति भइसकेको छ। अब थप क्षति हुन नदिन शान्ति–सुरक्षा र अमन चयन कायम गर्नु सबैको साझा जिम्मेवारी हो।”

सिग्देलले राष्ट्रिय सुरक्षाको प्रत्याभूति दिलाउँदै आन्दोलनरत युवाहरूलाई संयमित हुन र शान्तिपूर्ण समाधान खोज्न आग्रह गरे। “सुरक्षाको रक्षा गर्नु हामी सबैको कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउनुहोस्,” उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077