Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जेनजी आन्दोलनका क्रममा काठमाडौंमा चार प्रहरीको मृत्यु

जेनजी आन्दोलनका क्रममा काठमाडौंमा चार प्रहरीको मृत्यु

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । राजधानी काठमाडौंमा मंगलबारको प्रदर्शन हिंसात्मक मोड लिँदा चार प्रहरीको ज्यान गएको छ ।

कोटेश्वरमा आक्रमणपछि तीन प्रहरी मारिएका छन् भने महाराजगन्जमा एक असईको मृत्यु भएको बताइएको छ ।

प्रहरीका अनुसार कोटेश्वर प्रभागमा जेनजी प्रदर्शनकारीले आकस्मिक आक्रमण गर्दा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको हो ।

आक्रमणका क्रममा प्रदर्शनकारीले प्रहरीले प्रयोग गर्दै आएको बन्दुक समेत खोसेको पुष्टि भएको छ ।

त्यसैगरी, महाराजगन्जमा प्रदर्शनकारीले आगजनी सुरु गरेपछि देखिएको धुवाँ र अशान्त वातावरणका कारण एक असई निसास्सिएर ज्यान गुमाएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077