Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सडकमा उत्रियो नेपाली सेना, घरबाहिर ननिस्कन आग्रह

सडकमा उत्रियो नेपाली सेना, घरबाहिर ननिस्कन आग्रह

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । जेनजीको आन्दोलन उग्र रूप लिएपछि नेपाली सेना आज बिहानैदेखि राजधानीका सडकमा तैनाथ भएको छ।

प्रदर्शन तोडफोड, आगजनी र व्यक्ति आक्रमणमा परिणत भएपछि सरकारले सुरक्षाको जिम्मेवारी सेनालाई दिन बाध्य भएको हो।

मंगलबार साँझ सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिक्देलले राति १० बजेदेखि सेनासहित सम्पूर्ण सुरक्षा निकायले संयुक्त रूपमा सुरक्षा जिम्मा लिएको घोषणा गरेका थिए।

सेनाले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ।

प्रदर्शनकारीले संसद् भवन, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, विशेष अदालत र काठमाडौं जिल्ला अदालतलगायत प्रमुख सरकारी संरचना तथा नेताका आवासमा तोडफोड र आगजनी गरेपछि सेना अग्रभूमिमा आएर सुरक्षाको अगुवाइ गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077