काठमाडौं । देशभर बढ्दै गएको अशान्ति नियन्त्रण गर्न नेपाली सेनाले विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ ।
लुटपाट, आगजनी र भीडभाड नियन्त्रण गर्न सेनाले विशेष सुरक्षा कदम चालेको हो । अहिले सेना परिस्थितिलाई सामान्य बनाउनेतर्फ केन्द्रित छ ।
लुटपाट, आगजनीजस्ता घटनाहरू रोक्ने प्रयास भइरहेको छ । त्यही कारण निषेधाज्ञा जारी गर्ने तयारी भइरहेको सेनाले जनाएको छ ।
सेनाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आम जनतालाई अनुरोध गरेको छ ।
स्वास्थ्य सेवा, खाद्यान्न, पानी र यातायातजस्ता अत्यावश्यक सेवा भने यथावत सञ्चालन हुने सेनाले जनाएको छ। हालसम्म लुटपाटमा संलग्न २७ जनालाई सेनाले नियन्त्रणमा लिएको छ ।