Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

भोलि बिहानसम्मको लागि सेनाले लगायो देशभर निषेधाज्ञा र कर्फ्यु

भोलि बिहानसम्मको लागि सेनाले लगायो देशभर निषेधाज्ञा र कर्फ्यु

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । मुलुकमा बढ्दो अराजक गतिविधि नियन्त्रण गर्न नेपाली सेनाले कर्फ्यु आदेश जारी गरेको छ ।

सेनाले आज बेलुकी ५ बजेसम्म लागू हुने गरी कर्फ्यु घोषणा गरेको हो । सेनाले जारी गरेको विज्ञप्तिअनुसार कर्फ्यु भोलि बिहान ६ बजेसम्म निरन्तर रहनेछ। त्यसपछि परिस्थितिको समीक्षाअनुसार थप निर्णय गरिने जनाइएको छ ।

सेनाले भनेको छ, “आन्दोलनका नाममा तोडफोड, आगजनी, लुटपाट, हिंसात्मक आक्रमण तथा आपराधिक गतिविधि भइरहेका कारण देशभर शान्ति–सुरक्षामा गम्भीर चुनौती देखिएको छ। त्यही कारण कर्फ्यु आदेश जारी गरिएको हो।”

कर्फ्यु अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारीसाधन सञ्चालन हुने व्यवस्था गरिएको छ। अत्यावश्यक सेवामा बाधा नपरोस् भनेर नजिकैका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सकिने सेनाले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077