Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

लुटपाटमा संलग्न व्यक्तिबाट झन्डै ३४ लाख बरामद

लुटपाटमा संलग्न व्यक्तिबाट झन्डै ३४ लाख बरामद

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । देशभर नेपाली सेना परिचालन गरिएको १२ घण्टाभित्रै ठूलो संख्यामा उपद्रवी नियन्त्रणमा लिनुका साथै लुटपाट तथा आगजनीबाट क्षति न्यूनिकरण गर्न सफल भएको छ ।

सेनाका अनुसार मंगलबार राति १० बजेबाट सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन भएपछि आज बिहान १० बजेसम्म काठमाडौंसहित देशका विभिन्न स्थानमा अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ ।

यस अवधिमा काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न समूहसँगै नगद रु. ३३ लाख ७० हजार बरामद गरिएको छ । त्यस्तै, काठमाडौंका विभिन्न क्षेत्रबाट २३ र पोखराबाट ८ नाल गरी ३१ नाल हतियार, म्यागजिन तथा गोलीगठ्ठासमेत बरामद भएको सेनाले जनाएको छ।

आगजनी नियन्त्रणका लागि तीनवटा बारुण यन्त्र प्रयोग गरिएको छ भने लुटपाट, तोडफोड र हिंसात्मक गतिविधिबाट थप क्षति हुन नदिन कडा निगरानी गरिएको छ।

घटनामा संलग्न समूहलाई नियन्त्रण गर्ने क्रममा २३ जना प्रहरी घाइते भएका छन् । साथै, ३ जना सर्वसाधारणलाई समेत सैनिक अस्पतालमा उपचार भइरहेको छ । परिस्थिति नियन्त्रणमा आएको भए पनि अप्रिय गतिविधि हुन नदिन कडा निगरानी अझै जारी राखिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077