काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ ।
जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको बताइएको छ ।
प्रहरी प्रधान कार्यालयले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरेको छ ।
मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ ।
सामाजिक सञ्जालहरुमा महाराजगञ्जमा कार्यरत डिएसपीको हत्या भएको भनेर विभिन्न भिडियोहरु सार्वजनिक भएपनि त्यसको पुष्टि भने हुन सकेको छैन ।
बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन विवरण आउन सकेको छैन ।
जेनजीको प्रदर्शनका क्रममा प्रहरीहरुमाथि धेरै स्थानमा आक्रमण भएको थियो । प्रदर्शनकारीहरुले प्रहरीका हतियार समेत लुटेर लगेका छन् ।