काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरिएको छ ।
बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म उनीहरूलाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ ।
यस्तै, डिल्लीबजार–नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपश्चात् छाडेर भागेको दुई लाख ३२ हजार ५०० रुपैयाँ र २५० अमेरिकी डलर बरामद गरिएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।