Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

संसद् विघटन सह्यै छैन, अन्तरिम नागरिक सरकार गठन गर्न सकिन्छ : सोबिता गौतम

संसद् विघटन सह्यै छैन, अन्तरिम नागरिक सरकार गठन गर्न सकिन्छ : सोबिता गौतम

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले संसद् विघटनको प्रयासलाई अस्वीकार्य भन्दै जनताको सर्वोच्चता संसद्मार्फत कायम रहनुपर्ने स्पष्ट गरेकी छन् ।

बिहीबार एक भिडियो सन्देश जारी गर्दै उनले संसद् विघटन नेपालको जनताको सर्वोच्चतामाथिको संकट हुने चेतावनी दिइन् । गौतमले भनिन्, “जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद्ले हो। यो विघटन गर्नु भनेको जनताको सर्वोच्चता सङ्कटमा पार्नु हो ।”

उनले जेनजी आन्दोलनको सन्दर्भमा कुनै पनि स्वार्थप्रेरित निर्णय स्वीकार्य नहुने बताउँदै, जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने तर संसद् भने कायम राखिनुपर्ने धारणा राखिन् ।

गौतमले थप भनिन्, “अन्तरिम सरकारले चुनाव घोषणा गर्‍यो भने अहिले जेनजीहरू जसरी सक्रिय हुनु भएको छ, चुनावमार्फत तपाईंहरूले चाहेको मान्छे ल्याउन सकिन्छ।” यद्धपि उनीसहित रास्वपाका सबै सांसदहरुले राजिनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077