Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

स्वार्थ समूहको सेवामा तल्लीन गठबन्धनकै कारण जनताको आक्रोश विस्फोट भयो : प्रचण्ड

स्वार्थ समूहको सेवामा तल्लीन गठबन्धनकै कारण जनताको आक्रोश विस्फोट भयो : प्रचण्ड

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान संकटको मूल कारण स्वार्थ समूहको सेवामा तल्लीन गठबन्धन सरकार भएको आरोप लगाएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले १४ महिनाअघि कांग्रेस–एमालेले मिलेर बनाएको “असंवैधानिक र अप्राकृतिक गठबन्धन” सुशासनको डरकै कारण जन्मिएको दाबी गरे।

उनले भने, “भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा मेरो नेतृत्वको सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोश चरम रूप लियो।”

जेनजी आन्दोलनबारे प्रचण्डले थपे, “सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध उठेको आन्दोलन सही थियो। तर सरकारकै आदेशमा पहिलो दिनमै बर्बर दमन र नरसंहार मच्चाइयो, जुन अक्षम्य अपराध हो।”

उनले संसद्मा विश्वासको मत लिने क्रममा नै गठबन्धन सरकारकै कारण यस्तो अवस्था आउन सक्ने चेतावनी दिएको स्मरण गर्दै, बारम्बार आत्मसमीक्षा गर्न आग्रह गरे पनि कुशासनको शृङ्खला रोक्न नसकिएको र त्यसैले जनतामा वितृष्णा फैलिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077