Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

काठमाडौंमा नेपाली सेनाद्धारा सुरक्षा व्यवस्था मजबुत

काठमाडौंमा नेपाली सेनाद्धारा सुरक्षा व्यवस्था मजबुत

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । काठमाडौंमा नेपाली सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अहिले सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको हो। काठमाडौंको माइतीघर, कालीमाटी, नक्साल, कमलपोखरी, सुन्धारा लगायतका स्थानहरूमा सेनाले गस्ती गरिरहेको छ।

साथै सवारी साधनमा हिँड्नेहरूलाई चेकजाँच गरिरहेको छ। उनीहरूलाई सोधपुछ गरेर मात्रै आवश्यक कामका लागि जान दिएको छ भने अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गरेको छ।

संविधानको रक्षार्थ वर्तमान संविधान पक्षधरहरूले आन्दोलन गर्ने समाचारहरू बाहिरिएसँगै सडकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलहरू खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077