Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

हाम्रै गल्तीले यो सबै भयो, म सुध्रिने बाचा गर्छु : गगन थापा

हाम्रै गल्तीले यो सबै भयो, म सुध्रिने बाचा गर्छु : गगन थापा

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहीबार भिडियो सन्देश जारी गर्दै आफूसहित सत्तारूढ दलहरूबाट गल्ती भएको स्वीकार गरेका छन्।

उनले आफूले सामाजिक सञ्जाल बन्द नगर्न धेरै प्रयास गर्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नसुनेको पनि बताए।

उनले भनेका छन्- 'म अहिले पार्टीको नेताका रूपमा बोलिरहेको छैन। म अब पछाडिको सिटमा बस्छु। संविधानबाटै समाधान खोजौँ । म सुध्रिने बाचा गर्छु। अहिलेको विषम परिस्थितिलाई सम्हाल्नुस्। हामी मिलेर सम्हालौँ ।'

उनले जेनजी पुस्तासँग अहिलेको विषम परिस्थितिलाई सम्हालेर लैजानुपर्ने उल्लेख गर्दै सन्तुलन मिलाएर अघि बढ्नुपर्ने बताएका छन्।

उनले चिनिएकै पार्टीका मान्छेहरू र मास्क ढाकेका मान्छेले आफ्नो घर जलाएको र केही सहृदयीहरूले आफू र आफ्ना वृद्ध बुवाआमा र परिवारलाई बचाएको भन्दै धन्यवाद पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077