Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ : एमाले

राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ : एमाले

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । नेकपा एमालेले विद्यमान राजनीतिक अन्यौलताको निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोज्नुपर्ने बताएको छ।

केन्द्रीय सचिवालयका तर्फबाट वक्तव्य जारी गर्दै महासचिव शंकर पोखरेलले युवा पुस्ताका सरोकारवालाहरुलाई सम्बोधन गरिनुपर्ने उल्लेख गरेका छन्।

वक्तव्यमा उल्लेख छ- 'प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत रुपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट छ। सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जनाजस्ता युवा पुस्ताका सरोकारवालालाई सम्वोधन गरिनुपर्छ।'

यसका लागि संविधानका मर्म अनुरूप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन पनि एमालेले राष्ट्रपतिलाई ध्यानाकर्षण गराएको छ।

एमालेले लुटपाट, आगजनी, तोडफोड र हत्या हिंसामा संलग्नलाई कानुनी कारबाहीमा ल्याउन पनि माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077