Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपाल प्रहरीले भन्यो - रवि, गोरेसहित सबै कैदीबन्दी सम्पर्कमा आउनुस्

नेपाल प्रहरीले भन्यो - रवि, गोरेसहित सबै कैदीबन्दी सम्पर्कमा आउनुस्

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । देशभरका विभिन्न कारागार र प्रहरी हिरासत तोडफोडपछि फरार भएका कैदीबन्दी र अभियुक्तलाई नेपाल प्रहरीले तत्कालै सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै फरार सबैलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ वा अन्य सुरक्षा निकायसँग सम्पर्कमा आउन अनुरोध गरेको हो ।

जेनजी आन्दोलनका क्रममा देशभरका प्रहरी कार्यालय, इकाई र कारागारमा भएको आगजनी र तोडफोडपछि हजारौँ कैदीबन्दी र अभियुक्त भागेका थिए । प्रहरीका अनुसार हालसम्म १२ हजारभन्दा बढी कैदीबन्दी कारागारबाट बाहिरिएका छन् ।

नख्खु कारागारबाट रास्वपाका सभापति रवि लामिछाने समेत बाहिरिएका थिए । उनलाई पनि प्रहरी सम्पर्कमा आउन आग्रह गरिएको छ ।

त्यस्तै, नेकपा एमालेका निलम्बित सचिव टोप बहादुर रायमाझी र पूर्वगृहसचिव टेक नारायण पाण्डे सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका मध्ये रहेका छन् । पाण्डेले भने नजिकै प्रहरी सम्पर्कमा आउने जानकारी गराइसकेको बताइएको छ ।

यसैगरी, चर्चित सुन तस्करी प्रकरणका अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ पनि केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका छन् । यता, नख्खु कारागारबाट दोस्रो दिन भागेका पूर्व राज्यमन्त्री सञ्जय टकला भने काभ्रेको मंगलटारबाट पक्राउ परेका छन् ।

प्रहरीले फरार अवस्थाले जनसुरक्षा र न्याय प्रक्रियामा चुनौती बढाउने भन्दै सबैलाई शीघ्र आत्मसमर्पण गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077