Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

राष्ट्रपतिको प्रत्यक्ष पहलमा संवाद हुनुपर्छ, संविधानबाहिर जान सकिँदैन : रास्वपा

राष्ट्रपतिको प्रत्यक्ष पहलमा संवाद हुनुपर्छ, संविधानबाहिर जान सकिँदैन : रास्वपा

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति रामचन्द्र पौडेलको प्रत्यक्ष पहलमा संवाद अघि बढाई अन्तरिम सरकार गठनमा जुट्न सबैलाई आग्रह गरेको छ ।

बिहीबार बसेको भर्चुअल बैठकपछि जारी विज्ञप्तिमा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले रास्वपाको निष्कर्ष सार्वजनिक गरेका हुन् ।

बैठकले नेपालको संविधानको मर्म, संघीय गणतान्त्रिक शासन व्यवस्था, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूति जस्ता आधारभूत लोकतान्त्रिक मूल्यमा कहिल्यै सम्झौता नगर्ने पार्टीको अडान दोहोर्याएको छ ।

रास्वपाले सर्वपक्षीय सहमतिबाट आउने प्रधानमन्त्रीका उम्मेदवारलाई समर्थन गर्ने स्पष्ट संकेत गरेको छ । बैठकले जेनजी पुस्ताको निर्णायक योगदानलाई सम्मान गर्दै उनीहरूको अनिवार्य सहभागिता सर्वपक्षीय सहमतिमा सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ ।

पार्टीको निर्णय अनुसार, अन्तरिम सरकारले ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गर्ने व्यवस्था मिलाउनुपर्नेछ । यससँगै, संविधानको धारा ८३ अन्तर्गतको दुई सदनात्मक व्यवस्थालाई कायम राख्दै राष्ट्रिय सभाको स्थायित्व र गतिशीलता जोगाउनुपर्ने रास्वपाको धारणा छ ।

रास्वपाले २०८२ भदौ २३ को आन्दोलनमा भएको दमन, मानवीय क्षति र सम्पत्तिमाथिका आक्रमणबारे उच्चस्तरीय न्यायिक छानबिन गर्नुपर्ने माग अघि सारेको छ ।

साथै, २०४६ पछि भएका ठूला भ्रष्टाचार प्रकरणमाथि स्वतन्त्र आयोगमार्फत निष्पक्ष अनुसन्धान र न्यायिक निरुपण गर्नुपर्ने र नयाँ सरकार बनेको १५ दिनभित्र यस्तो आयोग गठन गर्नुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077