काठमाडौं । देशमा सरकार नरहेको अवस्थामा राष्ट्रिय अनुसन्धान विभाग पनि नेतृत्वविहिन अवस्थामा पुगेको छ ।
विभागका प्रमुख हुतराज थापाले शुक्रबारदेखि अवकाश पाउँदैछन्। उनको अवकाशपछि नयाँ नेतृत्व छान्न विभागमा सरकार नभएपछि के गर्ने भन्ने अन्योलता छ ।
विभागमा दुई एआइजी छन् । ओम जोशी र टेकेन्द्र कार्की । जोशी सिनियर एआइजी हुन्। तर, निमित्त प्रमुख हुनका लागि पनि सरकारले अनुमति दिनुपर्ने हुन्छ । त्यो अवस्था पनि छैन ।
नेपाली सेनासँग समन्वय गरेर एक एआइजीले विभागको नेतृत्व गर्नुपर्ने अवस्था आएको छ । पछिल्लो अवस्थामा गुप्तचर विभागमा सूचना संकलनमा फेलियरको अवस्थामा छ ।
त्यसकारण अब देश नयाँ युगमा प्रवेश गरेसँग विभागमा पनि व्यापक पुनर्सरचनाको आवश्यकता देखिएको छ।