काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेट भएको छ ।
बिहीबार साँझ ७ बजेतिर राष्ट्रपति र सभामुखबीच शीतलनिवासमा भेट भएको हो ।
भेटमा सभामुख घिमिरेले संसद् बस्नुपर्ने र बोलाउनुपर्ने धारणा राखेका थिए ।
साथै, पछिल्लो परिस्थितिको निकासबारे पनि राष्ट्रपतिलाई सोधेको बताइएको छ ।