Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी, आजै सपथको सम्भावना

पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी, आजै सपथको सम्भावना

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । मुलुकको वर्तमान अस्थिर राजनीतिक परिस्थितिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी भएको छ ।

स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आजै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने सम्भावना रहेको हो ।

यसअघि बिहीबार राति शीतल निवासमा बसेको सर्वपक्षीय बैठकमा कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति बनेको थियो ।

बैठकमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, संवैधानिक कानुनविद्, जेनजी प्रतिनिधि तथा प्रमुख दलका नेताहरू सहभागी थिए ।

तर छलफलमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष बनाउने भन्ने विषयमा प्रष्ट सहमति जुट्न सकेको छैन। त्यस्तै, संसद् विघटनबारे पनि मतभेद देखिएको छ ।

जेनजी समूह संसद् विघटन गर्नुपर्ने अडानमा रहँदै आएको छ भने राष्ट्रपति पौडेल त्यसमा सहमत भएका छैनन्।

यसै कारण आज बिहान ९ बजेदेखि पुनः छलफल सुरु हुने भएको छ । छलफलमा निष्कर्ष निस्केमा आजै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077