कञ्चनपुर । जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएकामध्ये हालसम्म एक सय २४ जना कैदीबन्दी फिर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कारागारमा रहेका चार सय ७९ कैदीबन्दीमध्ये आजमात्र एक सय तीन जनालाई कारागार फिर्ता गरिएको छ ।
उनका अनुसार २१ जना कैदीबन्दी कारागारबाट भागेका थिएनन् । अझै तीन सय ५५ कैदीबन्दी फरार छन् ।
कारागारमा चार सय ५३ पुरुष र २६ महिला गरी चार सय ७९ कैदीबन्दी थिए ।