Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जेनजीले सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक कदम : बाबुराम भट्टराई

जेनजीले सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक कदम : बाबुराम भट्टराई

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले जेनजी समूहले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गरेको निर्णयलाई ऐतिहासिक र सकारात्मक कदमका रूपमा व्याख्या गरेका छन् ।

शुक्रबार सार्वजनिक वक्तव्यमा भट्टराईले भने, “नयाँ नेपालको नेतृत्व गर्न उद्यत जेनजीका नवयुवाहरूले अन्तरिम सरकारको नेतृत्वका लागि सक्षम, स्वच्छ र निष्ठावान व्यक्तित्व पूर्वप्रधानन्यायाधीश कार्कीलाई अघि सारेका छन्। यो निर्णयलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्छ।”

उनले राष्ट्रपतिले संविधानको जगमा टेकेर विधिवत् ढंगले शपथ ग्रहण गराई देशमा देखिएको अन्योल र आशंका तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिए। “उपयुक्त र संविधानसम्मत मार्ग तय गर्न संवैधानिक विज्ञ र जानकारहरूको सल्लाह लिनु आवश्यक छ,” भट्टराईले स्पष्ट पारे।

यसै सन्दर्भमा उनले २०६९ सालमा खिलराज रेग्मीलाई प्रधानमन्त्री नियुक्त गरिएको नजिर अहिलेको अवस्थासँग मेल नखाने पनि उल्लेख गरे। “त्यतिबेला अन्तरिम संविधान २०६३ मा राजनीतिक सहमतिको आधारमा निर्णय गर्न सकिने प्रावधान थियो, तर अहिलेको स्थायी संविधानमा त्यस्तो प्रावधान छैन। यसबारे जेनजीले संवेदनशील भएर सोच्न जरुरी छ,” भट्टराईले भने।

भट्टराईको भनाइ अनुसार, संवैधानिक दायरामै रहेर नयाँ नेतृत्वको चयन गर्दा मात्रै मुलुक स्थायित्व र लोकतान्त्रिक बाटोमा अघि बढ्न सक्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077