Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई बनाउने निर्णय अत्यन्त सकारात्मक : उपेन्द्र यादव

अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई बनाउने निर्णय अत्यन्त सकारात्मक : उपेन्द्र यादव

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकार प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने निर्णय सकारात्मक भएको बताएका छन्।

शुक्रबार बिहान उनले सामाजिक सञ्जालमा लेखेका छन्- 'अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सिफारिस गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको छ।'

शीतल निवासमा बिहीबार राती भएको जेनजीसहितको वार्तामा अन्तरिम सरकार प्रमुख पूर्वप्रधान्यायाधीश कार्कीलाई बनाउने सहमति भए पनि अन्तिम निष्कर्षमा पुग्न भने नै बाँकी छ।

संसद् विघटन गर्ने वा नगर्ने भन्ने विषयमा सहमति जुटेको छैन । आज पनि राष्ट्रपति रामचन्द्र पौडेलसंग छलफल जारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077