Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

संविधानको दायराबाटै निकास खोजिनुपर्छ भन्दै बार एसोसिएसनले देशव्यापी प्रदर्शन थाल्ने

संविधानको दायराबाटै निकास खोजिनुपर्छ भन्दै बार एसोसिएसनले देशव्यापी प्रदर्शन थाल्ने

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले शुक्रबार देशव्यापी प्रदर्शन गर्ने भएको छ । केन्द्रीय बारका पदाधिकारीहरुको

आकस्मिक बैठकले शुक्रबार दिउँसो १ बजे देशभरका बार इकाइमा प्रदर्शन गर्ने निर्णय गरेको हो । । त्यसपछि बारले बेलुकी ५ बजे बार केन्द्रीय कार्यालय रामशाहपथबाट प्रदर्शन गर्ने योजना बनाएको छ ।

बार एसोसिएसनका अध्यक्ष डा विजयप्रसाद मिश्रले भने- 'संविधानको दायराबाट मुलुकको राजनीतिक निकास खोजिनुपर्छ, त्यो भनेको अहिलेको संविधान संरक्षण हुनुपर्छ भन्ने हाम्रो माग हो ।'

बिहीबार मात्रै बारले अहिलेको संविधानभित्रकै प्रक्रियाबाट मुलुकको राजनीतिक निकास खोज्न राष्ट्रपतिको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । उसले संविधानसभाले बनाएको संविधान यथावत रहेको अवस्थामा प्रतिनिधिसभासहित संघीय संसदको क्रियाशीलताबाट नै निकास खोज्न सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077