Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सुशीला कार्कीलाई छिटो शपथ खुवाएर अन्योलता र आशंकाको अन्त्य गर्न भट्टराईको आग्रह

सुशीला कार्कीलाई छिटो शपथ खुवाएर अन्योलता र आशंकाको अन्त्य गर्न भट्टराईको आग्रह

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तरिम सरकार प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गराएर अन्योलता र आशंकाको अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्।

भट्टराईले अन्तरिम सरकार प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने निर्णयप्रति आफ्नो पूर्ण समर्थन रहेको बताएका छन्। कार्कीलाई अग्रिम बधाई दिँदै उनले उनीप्रति सिंगो देशले सहयोग र समर्थन गर्न अपिल पनि गरेका छन्।

शीतल निवासमा बिहीबार राती भएको जेनजीसहितको वार्तामा अन्तरिम सरकार प्रमुख पूर्वप्रधान्यायाधीश कार्कीलाई बनाउने सहमति भए पनि अन्तिम निष्कर्षमा पुग्न भने नै बाँकी छ।

संसद् विघटन गर्ने वा नगर्ने भन्ने विषयमा सहमति जुटेको छैन । आज पनि राष्ट्रपति रामचन्द्र पौडेलसंग दिउँसो दुई बजेदेखि वार्ता हुँदै छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077