Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कारागारबाट भागेका कैदी धमाधम फर्किन थाले

कारागारबाट भागेका कैदी धमाधम फर्किन थाले

शुक्रवार , भाद्र २७, २०८२

नवलपरासी । नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन्।

कारागारका जेलर विकल श्रेष्ठका अनुसार बुधबार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका जेलर श्रेष्ठले बताए । उनका अनुसार केही कैदीले फोन सम्पर्क गरेर हामी कारागार फर्किदै छौँ भनेर जानकारी गराएका छन् ।

कतिपय कैदी टाढासम्म पुगिसकेकाले सवारीसाधन नचलेर उनीहरू आउन ढिलाइ भएको जेलर श्रेष्ठले बताए । बुधबार नवलपरासी कारागारबाट ५४३ कैदी भागेका थिए। नवलपरासी कारागारमा कूल ५७५ कैदी थिए।

यस्तै झापाको भद्रपुर नगरपालिका–८, हस्पिटल चोकमा फेला परेको शंकास्पद वस्तु सुरक्षितसाथ डिस्पोज गरिएको नेपाली सेनाले जनाएको छ ।

यसैगरी धादिङको गजुरीस्थित कारागारबाट भागेका मध्ये ४३ कैदीलाई नियन्त्रणमा लिइएको सेनाले जनाएको छ । हालसम्म विभिन्न स्थानबाट १३५ नाल हतियार बरामद गरिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077